नेकपा नेतृ रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश

छिनोफानो   सोमबार ११, फागुन २०८२ १०:४९

धनगढी: पोखराको लिची बगैँचा जग्गासम्बन्धी घुस प्रकरणमा मुछिएकी नेतृ रञ्जिता श्रेष्ठलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। आइतबार विशेष अदालतमा उपस्थित भएकी उनलाई न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

गत २२ असोजमा उनीसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा रञ्जितालाई ७८ लाख रुपैयाँ बिगो कायम गरिएको थियो।

तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, रञ्जितासहितका व्यक्तिले कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई त्यही थमौती गर्न ५२ लाख लिएको तथा भूमि आयोगमा नियुक्तिका लागि २८ लाखको डिल गरेको अडियो सार्वजनिक सार्वजनिक भएपछि अख्तियारले छानबिन गरी मुद्दा दायर गरेको हो । तत्कालीन मन्त्री गुप्ता भने हाल पुर्पक्षका लागि कारागारमा छन्।

नेतृ श्रेष्ठ भने हाल नेपाल कम्युनिस्ट पार्टीमा छिन्।  पोखराको एक विवादित जग्गाको विषयमा आफूअनुकूल निर्णय गराउन त्यसरी घुसको लेनदेन भएको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु