धनगढी । हिमालयलाईफ ईन्सोरेन्सको धनगढीको आयोजनामा अभिकर्ता पुर्नताजकी कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रिय सिबिओ हरिप्रसाद ढुङ्गानाको प्रमुख आथित्यमा भएको कार्यक्रमका बिशिस्ट अतिथिमा प्रादेशिक उप प्रमुख प्रमानन्द पन्त,छैटौ पटक एमडिआरटी बन्न सफल हर्क सिह प्रपाला लगायत विभिन्न शाखाका प्रमुख मार्केटिङ स्टाफ ,अप्रेशन स्टाप र सिनियर एजेन्सी म्यानेजर , एजेन्सी म्यानेजर रहनु भएको थियो । कार्यक्रममा सिबिओ ढुंगानाले सहभागिहरुलाई बिमा ब्यायवसाय समन्धी प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा छैटौ चोटि एमटिआरटी हुन सफल हर्क सिह प्रपाला हरिश लगायत भिन्न एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन धनगढी शाखा प्रमुख प्रेम बहादुर ऐरले गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस