१३औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाइँदै

छिनोफानो   बिहिबार १७, पुष २०८२ १०:१७

काठमाण्डौ – विभिन्न युवा संस्थाको आयोजनामा १३औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ गएको १३ वर्षदेखि यो दिवस मनाउन थालिएको हो । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० सालदेखि राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । विगतमा राष्ट्रिय पोशाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरूले स्वस्फूर्त रूपमा यो अभियान शुरू गरेका हुन् । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु