एनपीएलका लागि सुदूरपश्चिम रोयल्सले गर्‍यो ६ खेलाडी रिटेन

छिनोफानो   शनिबार ०७, असार २०८२ ०२:३९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी सिजनका लागि सुदूरपश्चिम रोयल्सले ६ खेलाडी रिटेन गरेको छ । यस्तै रोयल्सले ६ जना खेलाडीलाई रिलिज गरेको पनि जनाएको हो। 

रोयल्सले आज सामाजिक संजालमार्फत कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको जनाएको छ।  

यस्तै अर्जुन कुमाल, नरेश बुढाऐर, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरिएको रोयल्सले जनाएको छ। एनपीएलको पहिलो सिजनमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु