पवन भण्डारी ✍️✍️। मङ्गलसेन नगरपालिकामा अछाम जिल्लाको सदरमुकाम समेत रहेको छ । भौगोलिक दृष्टिले यो नगरपालिकाले डोटि जिल्लालाई समेत छोएको छ । मङ्गलसेन नगरपालिकामा १४ ओटा वडा रहेका छन ।
स्थानिय तह निर्वाचन २०७४ मा भएको निर्वाचनमा यो नगरपालिकामा नगर प्रमुखमा नेकपा एमालेका नेता पदम बहादुर बोहोरा उप प्रमुखमा सरिता उपाध्याय निर्वाचित भएका थिए । वडाहरु भने नेपाली काङ्ग्रेस निकट वडा अध्यक्षहरुले बढि जितेका थिए । नगर कार्यपालिकामा काङ्ग्रेसको बहुमत स्पष्ट थियो । मङ्गलसैन नगरपालिका बिकास निर्माण सुस्त भन्दै नागरिकहरुमा पटक पटक कुरा उठिरहदा मैले देखेको मङ्गलसैन बारे लेख्न मन लाग्यो ।
बिकास निर्माणमा मङ्गलसैन नगरपालिकाको गति निकै तिब्र नभए पनि अछाम जिल्लाको अन्य पालिकाहरुको तुलनामा कम भने देखिदैन । सदरमुकाम समेत भएर होला मङ्गलसैन नगरपालिकामा शिक्षा स्वास्थ्य खानेपानी,यातायात लगायत बिकास निर्माणका काम पहिलेको तुलनामा निकै भएका देखिन्छन ।
स्थानिय सरकार गठन भए पछि नै यो नगरपालिकाले आफ्ना सबै वडालाई सडक संजालमा बिस्तार गरेको हो । मङ्गलसैन नगरपालिका वडा न १३ बस्ती नगरको निकै बिकट वडा हो । सो क्षेत्रका नागरिकहरु लाई सडक संजालमा जोडेर सदरमुकाम मङ्गलसैन सङ्गको सहजताका लागि स्थानिय सरकारले गरेको पहल काम लाई हामिले सम्झनै पर्छ यो हाम्रो लागि राम्रो पक्ष पनि हो । तर मङ्गलसै बस्ती सडकखण्ड लाई अझै बिस्तार गरि यातायात आवागमन सहज बनाउन आवश्यक छ किनकी अझै पनि बर्षाको समयमा सो क्षेत्रका नागरिकहरु पैदल मङ्गलसैन आउनु पर्ने बाध्याता कायमै छ ।
नगरका अन्य वडाहरुमा भने प्राय यातायात आवागमन सहज नै देखिन्छ । पालिका भित्र विद्युतको बिस्तारको काम पनि स्थानिय सरकार गठन पछि केही तिब्र गतिमा नै भएको हो । अहिले नगरका सबै वडामा बिद्दुत बिस्तार भैईसकेको छ,र केही टोलहरुमा बिस्तारको तयारीमा रहेको छ । खानेपानीको समस्या पनि प्राय सबै वडामा पूरा भएको छ भन्न सकिने अवस्था भने छैन । कतिपय ठाउमा मुहान नै नभएर होला समस्या रहेका छन । यस्को बैकल्पिक उपाय अपनाउन स्थानिय सरकारले ध्यान दिनुपर्छ ।
मङ्गलसैन नगरपालिका ६ स्थित ठुलासैन बजारमा डिपबोरिङ्ग मार्फत पानी निकाल्ने काम भएको छ यस्ले ठुलासैन बजारको पानीको खडेरी केही हद सम्म कम गरेपनी यस्को मर्मत सम्भारमा नगरपालिकाले ध्यानदिन आवश्यक छ । यदि डिपबोरिङ मार्फत ठुलासैनमा पानी कलेक्सन गरेर सदमुकाम मङ्गलसैन सम्मलाई सो पानी बितरण गर्न सकिन्छ । मङ्गलसैन बजारमा अझै पनि पर्याप्त मात्रामा पानी छैन । बिकास निर्माण भन्ने कुरा सबै एकै पटक हुने कुरा भने पक्कै होईन । नगरपालिका भित्रका धेरै कुरा मैले नदेखेको पनि हुन सक्छु तर बिकास पटक्कै भएन भन्ने कुरामा भने म बिस्वास गर्दैन ।
हरेक वडाहरुमा स्वास्थ्य सस्थाहरु संचालनमा रहेका छन । नागरिकहरुलाई सामान्य स्वास्थ्य जाचका लागि जिल्ला अस्पताल धाउनु पर्ने बाध्याता भने कम भएको छ । तर स्वास्थ्य सस्थामा आवस्यक औषधीको लागि नगरपालिकाले ध्यान दिनुपर्ने देखिन्छ । शिक्षा क्षेत्रका हिसाबले यो पालिका भित्र प्राबिधिक बिषयहरु समेत पढाइ हुँदै आयका छन । यस्ले बिकासको एक नमुना प्रस्तुत गरेको छ । बिपन्न गरिव,जेहेन्दार बिद्यार्थीले आफ्नो जिल्लामै बसेर कतिपय प्राबिधिक बिषय पढन पायका छन । यो खुसिको कुरा हो । अझै नगर भित्र शिक्षा क्षेत्रलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने तर्फ ध्यान नगरपालिका दिनुपर्छ । शिक्षा क्षेत्रमा समेत नगरपालिकाको कमजोरी मैले देखिन ।
मङ्गलसैन नगरपालिका मा स्थानियतह निर्वाचन २०७४ देखि हाल सम्म नगरप्रमुखको रुपमा पदम बोहोरा नै रहेका छन । दोस्रो पटक समेत बोहोरा २०७९ सालमा निर्वाचित भएका थिए । मङ्गलसैन नगरपालिकाले आफ्नो क्षेत्रलाई स्वच्छ राख्न मङ्गलसैन बजारको सडक बिस्तार गर्न नगर प्रमुख बोहोराले गर्नु भएको काम निकै राम्रो देखिन्छ । मङ्गलसैन बजारमा हाट बजार संचालनका लागि नगरपालिकाले निकै पहल गरेपनी त्यो काम आउन सकेन ।
बजार क्षेत्रमा रहेका तरकारी लाई ब्यावस्थित रुपमा हाटबजारमै बेच्न नगरप्रमुखले पटक पटक आफै बजार क्षेत्रमा पुगेर तरकारी रोडमा फ्याक्दा पनि तरकारी ब्यावस्थापनका लागि नगरपालिकाले गरेको खर्ज बालुवामा पानी झै बनेको छ । यस्मा नगरपालिका मात्र दोषी छैन हामी सबैको दोष छ । नगरपालिकाले गरेको काममा हामिले सहयोग नगर्दा सायद नगरको लाखौ रकम बालुवामा पानी बनेको छ । र बन्दैछ यस्मा ध्यान दिन जरुरी छ ।
हामी जहिले पनि बिकास भएन भनेर सामाजिक संजालमा लेखिरहेका हुन्छौ यो स्वाभाविक कुरा पनि हो । तर बिकास गर्न खोज्दा हामी नै किन बाधक बन्छौ ? यस्को उदाहरण हो मङ्गलसैन हाट बजार । स्थानियतह निर्वाचनमा २०७४ र ०७९ मा निर्वाचित जनप्रतिनिधिहरुले काम गरेनन भन्ने होईन हामिले काम गरेनौ भन्न सक्नु पर्छ । किनकी जनप्रतिनिधि हामिले जितायका हौ काम गर्नका लागि हामी सबैले लाग्नै पर्छ ।
मङ्गैलसैन नगपालिकाका १४ ओटै वडा अध्यक्षहरु आफुले सक्दो काम गरिरहेकै हुन्छन र गरेकै छन हो थोरै कमजोरी होलान । कमजोरी कसरी सच्याउने भन्ने कुरा तिर लाग्न जरुरी छ ।
नगरप्रमुख बोहोरालाई सुझाब !
मङ्गलसैन नगरपालिका भित्र रहेको फोहोरमैला ब्यावस्थापन केन्द्र बिगत लामो समय देखि बन्द रहेको छ । यसलाई यथासिघ्र संचालन गर्न आवस्यक रहेको छ । मङ्गलसैन हाटबजारमा नगरको लाखौ लगानी खेर जादैछ यस्मा हाट बजार संचालन गर्न सकिने अवस्था छैन भने यसमा बनेका संरचनालाई के कसरी प्रयोग गर्न सकिन्छ यो तर्फ ध्यान दिन जरुरी छ । मङ्गलसैन बजार क्षेत्रको सुरक्षाको लागि लगायका सिसिक्यामरा मर्मत गर्न आवश्यक छ । नगरको बजेट यो क्षेत्रमा पानी बनेको छ तत्काल सिसिटिभी क्यामरा मर्मत गर्न पर्छ । पालिका बासी अझै पनि खानेपानीको समस्या खेपिरहेका छन । बैकल्पिक उपाय अपनायर खानेपानी समस्या समाधान गर्न ध्यान पुगोस । बिद्दुतबिस्तार मा बाकी रहेका केही ठाउमा बिद्दुत बिस्तारको पहल छिटै होस ।
अन्त्यमा मैले थुप्रै समस्याहरु बारे जानकारी नपायको हुन सक्छु बिस्तारै थप्दै जाने छु । comming soon
प्रतिकृया दिनुहोस