हालसम्मकै उच्चबाट घट्यो सुनचाँदीको मूल्य

छिनोफानो   आइतबार ०२, चैत २०८१ ०१:४४

काठमडौं । नेपाली बजारमा आइतबार (चैत ३) सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७४ हजार १०० रुपैयाँ कायम छ । गएको शुक्रबार (चैत १) सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । त्यस दिन छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु