बैतडीमा सुरेन्द्र बिष्ट हत्या प्रकरण : गोली हान्ने कर्णबहादुर भारतबाट पक्राउ

छिनोफानो   शनिबार २४, फागुन २०८१ ११:०८

बैतडीः बैतडीमा भाइको गोली हानेर हत्या गर्ने कर्णबहादुर बिष्ट भारतबाट पक्राउ परेका छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ बर्षीय कर्णबहादुर बिष्टलाइ भारतबाट पक्राउ गरिएको छ। गएको शनिवार गाउँकै भाइ नाता पर्ने २४ बर्षीय सुरेन्द्र बिष्टको गोली हानेर हत्या गरी फरार भएका बिष्टलाई दार्चुलाको दत्तु पारी भारतीय क्षेत्रबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सुरेन्द्रको हत्या गरेर फरार भएका कर्णबहादुरलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी समेत खटिएका थिए। कर्णबहादुर बिष्टलाई भारतीय गाउँबाट पक्राउ गरिएको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ। पक्राउ परेका बिष्टलाई नेपालतर्फ ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।

लेनदेनका विषयमा विवाद हुँदा कर्णले गोली हानी सुरेन्द्रको हत्या गरेका थिए। हत्यापछि बन्दुकसहित फरार रहेका बिष्टको खोजीका लागि प्रहरी टोली खटिएको थियो। कर्णबहादुर बिष्टले सुरेन्द्रलाई ४० हजार रुपैयाँ तिर्नुपर्ने थियो। सोही बिषयमा विवाद हुँदा उनले गोली चलाएर सुरेन्द्रको हत्या गरेका थिए। अभियुक्त पक्राउ परेपछि अब अनुसन्धानको काम अघि बढ्ने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु