टाइगर कप भलिबल प्रतियोगितामा आज चार खेल हुँदै

छिनोफानो   सोमबार १४, माघ २०८१ १२:३६

काठमाण्डौ – पाँचाैँ टागर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत आज चार खेल हुँदैछन् ।

अस्ति शनिवारदेखि शुरू भएको प्रतियोगिताको तेस्रो दिन आज महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल हुने तालिका छ । अब लिगचरणका खेल हुनेछ ।

सबै टोलीले एक/एक खेल खेलेपछि अहिले जित्ने र हार्ने टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एक अर्कासँग खेल्नेछन् ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा अहिले महिलातर्फ जित्ने समूहका न्यू डायमन्ड स्पोर्ट्स क्लब र शसस्त्र प्रहरी बल एपीएफ खेल्दैछन् ।

दोस्रो खेल महिलातर्फ ‘हार्ने समूह’का ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र नेपाल पुलिस क्लबले बिहान पौने ११ बजे खेल्दैछन् ।

तेस्रो खेल पुरुषतर्फ ‘जित्ने समूह’का भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

आजको अन्तिम तथा चौथो खेल पुरुषतर्फ ‘हार्ने समूह’का गण्डकी प्रदेश र हेल्प नेपाल स्पोट्र्स क्लबबिच हुनेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको प्रतियोगिता यही माघ १९ गतेसम्म चल्नेछ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु