सुनचाँदीको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

छिनोफानो   सोमबार १४, माघ २०८१ १२:३३

काठमाण्डौ – सुनको भाउ तोला आज तोलामा  तीन सय रुपैयाँले घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार चार सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ६५ रुपैयाँ रहेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु